महिला साफ च्याम्पियनसिपः आज दुई वटा खेल हुँदै

0
4

भदौ २२ गत्ते,काठमाडौँ ।

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बुधबार (आज) दुई वटा खेल हुँदैछन् । बुधबार भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ ।

भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

हिजोदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् ।

समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान तथा समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । हरेक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here