सुकुम्बासीहरुलाई जनकपुरियन लेडीजको ‘न्यानो माया’ ‘शेरदेवीको उपचार हुने’

0
87

माघ ७ गते ,जनकपुरधाम । 

सामाजिक गतिविधिमा सक्रिय जनकपुरधामको ‘जनकपुरीयन लेडीज ग्रुप’ ले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न एवं न्यानो लत्ताकपडा वितरण गरेको छ।

जनकपुरधाम–१२ स्थित सुकुम्बासी बस्तीमा बसोबास गरिरहेका गरिब तथा विपन्न परिवारलाई ‘जनकपुरीयन लेडीजग्रुप’ ले शनिबार खाद्यान्न तथा न्यानो लत्ताकपडा वितरण गरेको हो।

‘जनकपुरीयन लेडीजग्रुप’ की सदस्य अनिता कुमारी कर्णले सुकुम्बासी बस्तीमा प्रतिपरिवार पाँच किलो चामल, १ किलो दाल, १ किलोभुजा ,१ किलो च्युरा,२५० ग्राम सोयाबिन,२५० ग्राम दालमोठ, लुगा धुने,नुहाउने साबुन २ वटा,२ थान कम्बललगायतका सामग्री वितरण गरिएको जानकारी दिइन्।

‘हामीले आज गरेको यो सहयोग धेरै ठूलो होइन, न्यून सहयोग हो,’ उनी भन्छिन्,‘सामाजिकभावले मात्रै यो काम गरेका हौं।सबैको सहयोग र सद्भापले नै हामी अगाडी बढिरहेका छौं । आगामी दिनहरूमा पनि यो प्रयास जारी रहनेछ।’
अनिताले स्थानीय तहलाई यस सुकुम्बासी बस्तीको पीडा बुझिदिएर आफ्नो कर्तव्य निर्वाह गर्न ध्यानाकर्षण गराईन ।

गरिबीमा जीवनयापन गरिरहेका परिवारका सदस्यहरूलाई रोजगारीको अवसर उपलब्ध गराइदिन उनले स्थानीय सरकारसँग आग्रह गरिन्।
मधुमेहका कारण आफ्नो दृष्टि गुमाइकी शेरदेवी मुखियाको पनि जनकपुरियन लेडिजले उपचार गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

यो ग्रुपले गत वर्ष जनकपुरको जमरियादेवी कुष्ठरोग आश्रमका कुष्ठरोग प्रभावितहरूलाई लत्ताकपडा, खाद्यान्नलगायतका सामग्री वितरण गरेको थियो भने काव्या हस्पिटल ,जनकपुरधामको सहयोगमा महिलाहरुमा हुने पाठेघरको मुखको क्यानसर सम्बन्धी जाँच लगायतका हेल्थ क्याम्प संचालन गरेको थियो ।

खाद्यान्न वितरण कार्यक्रममा यो ग्रुपमा आवद्ध  हेमा दत्त, माला राय, रूपा कर्ण, दिपिका कार्की, आरती मण्डल, निभा झा, ललिता लाभ,बरूणा कर्ण, ज्योती झा,सीमा चौधरी,रोजलिन बछार,रबिना श्रेष्ठ,इन्दु कर्ण ,रिंकु  मिश्र लगायतका उपस्थिति रहेको थियो।

सामाजिक सञ्जाल फेसबुकको मेसेन्जर समूहमार्फत जुडेर बनेको ‘जनकपुरीयन लेडीज ग्रुप’ मा आवद्ध महिलाहरू विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेका छन्।

सामाजिक गतिविधिमा संलग्न यो समूह चाँडै कानुनी वैधता प्राप्त गर्न प्रयासरत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here