भदौ २२ गत्ते,काठमाडौँ ।
सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटको विषय टुंगाउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति हुन सकेको छैन ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले आज बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने दाबी गर्नु भएको छ ।
सिट बाँडफाँटका विषयमा सहमति गर्न भन्दै गएको साउन २० गते कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो ।
तर, एक महिनाको अवधिमा पनि दलले लिने सिट संख्याको टुंगो लाग्न सकेको छैन । यसबीचमा कार्यदल र शीर्ष तहमा १६ पटकसम्म बैठक बसेका थिए ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय छ । त्यस्तै, असोज २३ देखि २६ गतेसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका छ ।