मधेश प्रदेशमा संसदीय समितिद्वारा रकमान्तर र अनुदान वितरण विषयमा छानबिन सुरु

0
15

साउन २२ गते,जनकपुरधाम।

मधेश प्रदेश सरकारको बजेट रकमान्तर र अनुदान वितरण विषयमा छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले काम थालेको छ । अर्थ मन्त्रालयबाट प्राप्त भएको कागजात अध्ययन र छलफल सुरु भएको समितका सभापति लोसपा प्रदेश सांसद उपेन्द्र महतोले बताए ।

समितिको सोमबार बसेको बैठकमा छानबिनका लागि सुझाव लिन शुक्रबार सबै दलका नेतासंग छलफल गर्ने निर्णय गरेको छ ।

यसअघि आइतबार समितिले मधेश प्रदेशको १३६ स्थानीय तहसँग प्रदेशबाट ससर्त अनुदानका लागि माग गरेकफ योजना बजेट र सरकारबाट प्राप्त योजना बजेट विरण माग गरिएको महतोले बताए ।

अर्थ मन्त्रालयले स्थानीय तहलाई पठाएकफ ससर्त अनुदानमा अनियमितता भएको गुनासोपछि छनबिन गर्न गठित समितिले स्थानीय तहसँग समितिले कागजात माग गरेको हो ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गठन गरेको समितिले भदौ महिनाभित्र ससर्त अनुदान र बजेट रकमान्तरमा भएको चलखेलबारे अध्ययन गरी प्रतिवेदन प्रदेशसभामा बुझाउने समितिका सदस्य जसपाका प्रदेश सांसद राजकुमार गुप्ताले बताए ।
कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here