सप्तरी क्षेत्र नम्वर २ (ख)बाट यादवसहित ५ जनाको नाम सिफारिस

0
27

भदौ २२ गत्ते,जनकपुरधाम ।
मंसिर ४ गत्ते हुने निर्वाचनमा डा. शरदसिंह यादवलाई सप्तरी क्षेत्र नम्वर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा सिफारिस गरिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट प्रदेशसभा सदस्यमा यादवसहित ५ जनाको नाम सिफारिस गरिएको हो । यादव सँगै शैलेश कुमार चौधरी, विनोद कुमार, शम्भु प्रसाद यादव र राजकुमार लाला दासको नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए ।
बृहत विकासको लागि एउटा रोड म्याप तयार गरेर समाज सेवामै आफनो समय ब्यतित गर्ने डा. यादवको योजना छ ।


डा. यादवको बुवा योगेन्द्र प्रसाद यादव राजनीतिमै लागेका थिए । तत्कालिन सद्भावना पार्टीका जिल्ला अध्यक्ष समेत रहेका उनको २०६२÷०६३ को आन्दोलको क्रममा हृदयघातबाट निधन भएको थियो । बुवा योगेन्द्रले जनतालाई देखाएको सपना पुरा गर्ने समय आई सकेकोले चुनाव जितेपछि भ्रष्टाचार विरुद्ध लडेर सुशासन कायम गराउने तर्फ अग्रसर हुने बताए । उनले भने ‘जनताले एकपटक मौका दिए विकास गरेर परिवर्तन भएको जनतालाई महसुस गराउने छु ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here