भदौ ८ गत्ते,जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका एक मात्र नगरपालिका हो जसले एकजना पनि करारका कर्मचारी हटाएको छैन ।
बिहिबार जनकपुरधाम वडा नम्बर–१० वडा कार्यालयले आयोजना गरेको तीज,चौठचन्द्र र जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर मनोज साहले यस क्षेत्रकै पहिलो पालिका जनकपुरधाम रहेको जहाँ एकजना पनि करारका कर्मचारीलाई हटाएको छैन बताए ।
मेयर साहले स्वास्थ्य तर्फ ३६ जना करारका कर्मचारी उपमहानगरपालीकामा रहेको र उनलाई हटाउनु भन्दा पनि धन्यवाद दिनु जरुरी रहेको भन्दै कोरोनाकालमा भ्याक्सिन देखि पोलियो थोपा लगायतका जत्ति पनि स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको छ सबै उनै कर्मचारीको कारणले सफल भएको बताए ।
वडा नम्बर १७ देखि २५ सम्म स्वास्थ्य चौकी वडा कार्यालयमै सञ्चालनमा रहेकोमा दुःख व्यक्त गर्दै मेयर साहले यहि चालु आव देखि वडा नम्बर १७ देखि २५ सम्ममा प्रत्येक स्वास्थ्य चौकीमा बर्थिगं सेन्टर संचालन हुने घोषणा गरे ।
वडाअध्यक्ष मिथिलेश कर्णको अध्यक्षतामा समपन्न कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत महिला,मानव अधिकारकर्मी,सञ्चारकर्मी,स्वास्थ्यकर्मी र वडाका महिलाहरुले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालन वडाकी सचिव तथा महिला अधिकारकर्मी जमुना भुजेलले गरेकी थिइन ।