जसपाबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नामावली संकलन

0
179
फाईल फोटो

भदौ १३ गते,जनकपुरधाम ।

जनता समाजवादी पार्टी नेपालले धनुषाका चारवटै निर्वाचन क्षेत्रका लागि आफ्नो दलबाट सम्भावित उम्मेदवारहरुको नामावली संकलन गरेको छ ।

प्रतिनिधिसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ का लागि दीपक कार्कीको एकल नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर–२ का लागि बलराम महतो, सुर्य चन्द्र यादव, गजाधर रोहिता, देब कृष्ण मण्डल र राम शंकर पासवानको नाम छनोट गरिएको हो ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा लाल किशोर साह, जितेन्द्र कुमार यादव, विजय कुमार भगत र सर्वजित ठाकुरलगायत चार जनाको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर–४ का लागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरिएको हो ।

यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ को ‘क’ बाट सुकेश्वर यादव र ब्रम्हदेव महतोको नाम सिफारिस गरिएको छ भने ‘ख’ बाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई छनोट गरिएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ तर्फ शैलेन्द्र प्रसाद यादव, अरुण सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ भने ‘ख’ मा राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलगायत चार जनाको नाम सिफारिस गरिएको हो ।

यस्तै क्षेत्र नम्बर–३ को ‘क’ बाट का लागि अशोक कुमार यादव, प्रेमचन्द्र झा, जितेन्द्र कुमार यादवको नाम सिफारिस गरिएको छ भने ३ ‘ख’ मा विष्णुदेव साह, अम्बुप्रसाद साह, नवीन यादवको नाम रहेको छ ।

यस्तै क्षेत्र नम्बर–४ को ‘क’ बाट ज्ञानेन्द्रकुमार यादव, शेष नारायण यादव, बजरंग कुमार यादव, हरि नारायण यादव र बृज कुमार यादव  लगायत पाँच जनाको नाम सिफारिस गरिएको छ भने ४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोको नाम सिफारिस गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here