अल्फाबिटामा बुलडोजर लिएर पुगे बालेन

0
12

भदौ ९ गत्ते,काठमाडौं ।

विभिन्न व्यापारिक कम्प्लेक्स तथा भवनहरुमा मापदण्ड र नक्सा विपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर (बुद्धनगर)मा रहेको अल्फाबिटा कम्प्लेक्समा पनि डोजर चलाएको छ।

बिहीबार बिहान मेयर बालेन्द्र शाह (बालेन)सहित पुगेको महानगरको टोलीले अल्फाबिटा कम्लेक्सका सञ्चालकलाई नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका संरचना हटाउन भनेका थिए। तर, नक्साको विषयमा कम्प्लेक्सका सञ्चालक र मेयर शाहबीच विवाद भएको थियो।

सञ्चालकले नक्साको विषयमा विवाद गरेपछि मेयर साह महानगरपालिकाबाट स्वीकृत कम्प्लेक्सको नक्सासहित डोजर लिएर त्यहाँ पुगेका हुन्।

३५ दिने सूचना जारी गर्दा समेत अवैध संरचना नहटेपछि मेयर साहले स्थलगत रुपमा अनुगमन गरी नहटाएका संरचना हटाउने अभियान थालेका थिए। त्यसक्रममा नयाँ बानेश्वर, सुन्धारा, न्यूरोड क्षेत्रका कम्प्लेक्समा निर्माण गरिएका अवैध संरचना निर्माण हटाइएको छ भने केही ठाउँमा हटाउने क्रम जारी छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here