मोटरसाइकल दुर्घटनामा परेर महोत्तरीको एकजनाको मृत्यु

0
26

भदौ ८ गते,महोत्तरी ।

मोटरसाइकल दुर्घटनामा परेर महोत्तरीको एकजनाको मृत्युु भएको छ ।

जिल्लाको बर्दिबास नगरपालिका–२ हङकङ डाँडामा मंगलबारराती मोटरसाइकलको ठक्करबाट स्थानीय २२ वर्षीय अञ्जन बलम्पकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका युवकको उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा मृत्यु भएको हो ।

मंगलबारराती सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलम्पाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here