गृहमन्त्री साहद्वारा एकैदिन धनुषा,महोत्तरी गरी ३ वटा प्रहरी भवनको उदघाटन

0
113

भदौ ७ गत्ते,जनकपुरधाम ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले वडा प्रहरी कार्यालय मुजेलियाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । गृह तथा सञ्चार मन्त्रालयको बजेटबाट बनाइएको उक्त कार्यालयको मन्त्री साहले मंगलबार उद्घाटन गरेका हुन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पसाद पौडेलको अध्यक्षतामा समपन्न कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साह,विशिष्ट अतिथि गृह तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण अतिथिहरु मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक मसउद आलम खाँ,नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख ध्रुवराज राउत सहितको उपस्थिति रहेको थियो ।
मन्त्री साहले मंगलबार एकै दिन ३ वटा प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन । महोत्तरीको ईलाका प्रहरी कार्यालय लोहारपट्टी,प्रहरीचौकी इटहर्वाकटट्ी र धनुषाको जनकपुरधाम –१४ स्थित वडा प्रहरी कार्यालय मुजेलियाको उद्घाटन गरेका हुन ।
छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी प्रहरी कार्यालय भवनको उद्घाटन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here