केन्द्रिय गठबन्धनको आफु बाधक नहुनेः नेता निधि

0
50

भदौ ८ गते,काठमाडौं । ।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने सन्दर्भमा आफू सबै विकल्पका लागि तयार रहेको बताएका छन्।

पाँचदलीय गठबन्धन बनाएर चुनाव लड्ने तयारी भइरहँदा नेता निधि आफू सबै विकल्पका लागि तयार रहेको बताएका हुन्।

आफ्नो कारणले गठबन्धनलाई समस्या पर्न नहुने बताउँदै चुनाव लड्ने सन्दर्भमा सबै विकल्पका लागि तयार रहेको नेता निधिले बताए।

उनले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ आफ्नो कर्मक्षेत्र रहेको र त्यहाँबाट चुनाव लड्नबाट पछि नहट्ने बताए। तर, आफ्नो कारणले गठबन्धनलाई बाधा नपुग्ने उनको जिकीर छ।

‘मेरो कर्म क्षेत्र हो, जन्म थलो पनि हो, चुनाव लड्छु नै, पहाडबाट चुनाव लडेर निर्वाचित हुने चाहना पनि मेरो हो र गठबन्धनमा कुनै बाधा आउने भए त्यसमा सहयोग गर्न पनि तयार छु,’ नेता निधिले भने,‘म जुनसुकै अवस्थाका लागि तयार छु।’

२०७४ को निर्वाचनमा नेता निधि तत्कालीन राजपाका उम्मेदवार राजेन्द्र महतोसँग पराजित भएका थिए। पाँचदलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) लाई पनि सामेल गराउने चर्चा चलिहरहेको छ।

केही दिनअघि बसेको पार्टीका शीर्ष नेताहरूको बैठकमा निधिले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गराउन जोड दिएका थिए।

‘पाँचदलीय गठबन्धनलाई टिकट दिने सहमति भए पनि म छोडिदिन्छु, नयाँ गठबन्धन बन्दा पनि छोड्न तयार छु, मेरो कारणले गठबन्धनमा बाधा पर्दैन्,’ नेता निधिले भनेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here