धनुषा निर्वाचन क्षेत्र नं ४ को मतगणना अझ सुरु हुन सकेन

0
39

 

मंसिर ६ गत्ते,जनकपुरधाम ।

धनुषाको निर्वाचन क्षेत्र नं ४ को मतगणना अझै सुरु हुन सकेको छैन ।

धनुषा ४ मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार एक सुचना जारी गर्दै जनप्रतिनिधि मतगणना प्रतिनिधिमा बस्न पाउने वा नपाउने सन्दर्भमा विवाद भएको हुँदा सोमवार देखि सुरु हुनु पर्ने मतगणना अझ पनि सुरु हुन नसकेको जानकारी दिएको छ।

सहायक निर्वाचन अधिकृत कुबेर कुमार ढुंगेलले जारी गरेको सुचनामा मतगणना कार्यमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि मतगणना प्रतिनिधिको रुपमा बस्न हुने नहुने सम्बन्धमा राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिहरु बीच विवाद भएको कारण सो को निकासको लागि निर्वाचन आयोगमा लेखि पठाएकोमा हाल सम्म पनि पनि जवाफ प्राप्त नभएको हुँदा आज मंसीर ६ गते सो सम्बन्धमा जवाफ प्राप्त भए पश्चात मतगणना कार्य सुरु हुने जानकारी गराइएको छ।

मुख्य निर्वाचन अधिकृत सुदिप दङ्गालले निर्वाचित जनप्रतिनिधि मतगणना प्रतिनिधिमा बस्न पाउने वा नपाउने सन्दर्भमा विवाद भएको हुँदा मतगणना सुरु हुनमा ढिलाई भएको बताए।

नेपाली काँग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि राखेपछि एमालेले राख्न नमिल्ने भनि आपति जनाएको हुँदा विवाद भएको अधिकृत दङ्गालले बताए । उनले निर्देशिकामा अनुसार स्पष्ट रुपमा बस्न मिल्ने वा नमिल्ने उल्लेख नगरिएको हुँदा यसको निराकरणको लागि मधेस प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगको केन्द्रिय कार्यालयलाई लेखि पठाएको जानकारी दिए ।

अधिकृत दङ्गालले मतगणना सुरु गर्नको लागि सबै तयारी मतगणना स्थालहरुमा तारजाली र सिसिटिभी क्यामरा जडान लगायत अन्य व्यवस्थापन समेत भईसकेको बताए।

दलहरु बीचको यस विवादको कारण मतगणना सुरु गर्न ढिलाई भइरहेको हुँदा आयोगबाट निर्देशन आए लगतै सुरु गर्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here