मंसिर ६ गत्ते,जनकपुरधाम ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले अग्रता कायम राखेकी छन् ।
जुलीले ४ हजार २६६ मत ल्याएकी छन् भने पाँचदलीय गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झा ३ हजार २२० मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।
पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले १३ सय ८६ मत प्राप्त गरेका छन् ।
ताजा मतपरिणामअनुसार जुली अनिलभन्दा १ हजार ४६ मतले अगाडि रहेकी छन् ।
यता ३(१) मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रासरोज यादवले अग्रता कायम गरेका छन । उनलाई जनमत पार्टीले पछ्याउँदै छन ।
नेपाली कांग्रेसका रासरोज यादवले ३ हजार ४५३ मत,जनमत पार्टीका उम्मेदवार डाक्टर प्रशन्न झा २ हजार ७५५ र छाता छाापका उम्मेदवार जितेन्द्र यादवले १ हजार ९३३ मत प्राप्त गरेका हुन ।