एमाले–जसपा गठबन्धनबाट धनुषा–३ मा जुली महतोले दिइन उम्मेदवारी

0
160

आश्विन २३ गत्ते,जनकपुरधाम।

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा एमाले–जसपा गठबन्धनको तर्फबाट नेकपा एमालेकी पोलिटब्यूरो सदस्य जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराएकी छिन् ।

त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (१)मा जसपाका जितेन्द्र यादव र ३ (२) मा एमालेका दिपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले नेतृ महासेठले आफ्नो उम्मेदवारी धनुषा क्षेत्र नम्बर–३ को सम्पूर्ण जनताको उम्मेदवारी रहेको दाबी गरिन् । उनले आफू यस क्षेत्रको जनताको साझा उम्मेदवार रहेको दाबी गरेकी हुन् ।

उनले आफ्नो उम्मेदवारी यस क्षेत्रको जनताको विकास र सुख, शान्ति तथा समृद्धिको लागि रहेको बताइन् ।


जुली यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी थिइन भने २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here