धनुषा ३(२)मा एमालेबाट दीपेन्द्र ठाकुरले गराए उम्मेदवारी दर्ता

0
217

आश्विन २३ गत्ते,जनकपुरधाम।

युवा समाजसेवी तथा पुर्व खेलाडी दीपेन्द्र ठाकुरले नेकपा (एमाले)बाट मधेश प्रदेश धनुषा ३(२)बाट उम्मेदवारी दर्ता गराएका छन्।

जनकपुरधाम क्षेत्रमा समाजसेवीको छवि बनाएका ठाकुरलाई एमालेले प्रदेशसभाको टिकट दिएपछि आईतबार उनले उम्मेदवारी दर्ता गराएका हुन्।

आज मध्यान्ह १२ बजे जनकपुरको रंगभुमि मैदान बाह्रबिघाबाट बाजागाजा सहित नामाकंन दर्ताका लागि ठाकुर सहित नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभाकी उम्मेदवार जुली महतो र जसपाका युवा नेता जितेन्द्र यादव लगायतका सयकडो नेताकार्यकर्ताहरु नगर परिक्रमा गर्दै महेन्द्र नारायण निधि भवन पुगेका थिए ।


ठाकुरको पक्षमा जनकपुरका पुर्व खेलाडी देखि,नागरिक समाज,निर्माण व्यवशायीहरु ठुलो संख्यामा उपस्थित भएका थिए ।


उम्मेदवारी दर्ता पश्चात संचारकर्मीलाई प्रतिक्रिया दिदैं ठाकुरले “आफु समाजमा देखिएका वेथिति विरुद्ध उम्मेदवारी दिएको बताएका छन । युवाहरुको नेतृत्व गर्दै प्रदेशभित्र बेरोजगारी,महगी र शिक्षा,स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन अपरिहार्य रहेको आफुले महसुस गरेको बताउँदै नेता ठाकुरले भने,यसपाली अन्य उम्मेदवार भन्दा बढी जनताले मलाई विश्वास गरेर भोट दिने छन ।”

यसपटकको निर्वाचणमा नेकपा–जसपाको गठबन्धनले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा जनताको मन र मत दुबै जित्ने नेता ठाकुरले दावी गरे ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here