भदौ ३१ गत्ते,महोत्तरी ।
महोत्तरीको जलेश्वर नगरपालिकाको विभिन्न वडामा रहेको अलग(अलग सार्वजनिक विद्यालयहरूमा अध्ययनरत सयकडो छात्रछात्रालाई शैक्षिक सामग्री र खाद्यान्न सामग्रीहरू वितरण गरिएको छ ।
शुक्रबार जलेश्वर नगरपालिका १० सारी निवासी युवा,समाजसेवी चिकित्सक डा. सज्जन ठाकुरको विशेष पहल तथा सफा सुनौलो नेपाल काठमाडौं र चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपालको आर्थिक सहयोगमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ रतवारा स्थित युग कवि सिद्धिचरण आधारभुत विद्यालयका १५१ जना र जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सापतैलीको श्री माध्यमिक विद्यालयमा ३५१ जना विद्यार्थीहरुको अभिभावकलाइ एक कार्यक्रम बिच खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।
रतवारामा पुर्व सांसद राम दयाल मन्डलको प्रमुख आतिथ्यता तथा सफा सुनौलो नेपालका केन्द्रिय प्रतिनीधि नुजा मानन्धर , सुरेश प्याकुरेल त्यस्तै चाइना फाउन्डेसनका प्रतिनिधि , वार्ड अध्यक्ष बिजय सिंह , जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार , बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत विद्यालयका शिक्षक , समाजसेवी सहितको उपस्थिति रहेको थियो । प्रत्येक छात्र छात्रालाई चामल , खाने तेल , दाल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ।
पर्सापतैलीको श्रीमाविमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, अभिभावक र विद्यालयका प्रधानाध्यापक रंजयकुमार राय सहितको उपस्थिति रहेको थियो । यसअघि जलेश्वर नगरपालिकाकै वार्ड नं १० सारी स्थित अभिनन्दन आधारभुत विद्यालय र वार्ड नं ४ सुगाको सुकदेव माविमा शैक्षिक सामग्री वितरण गरिएको थियो । विपन्न परिवारका छात्र छात्राहरुलाई नै लक्षित गरेर यो सहयोग उपलब्ध गराइएको डॉक्टर ठाकुरले मिथिलापाटीलाई बताउनु भयो ।