मधेश प्रदेशमा विभिन्न अपराधिक घटनामा संलग्न ५ जना फरार प्रतिवादी पक्राउ

0
109

भदौ ३१ गत्ते,जनकपुरधाम।

धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न रहेका ५ जना फरार प्रतिवादीलाई पक्राउ गरी
भदौ २८ गते मंगलबार बिहान करिव ६ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–३ यदुकुहाको हटियाबजार नजिक रहेको बाँसघारीमा सोही ठाउँ बस्ने अरुण कुमार दासको २८ वर्षीय पत्नी बबितिया देवी मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल खटिएको अनुसन्धान टोलीले विभिन्न व्यक्तिहरूसँग सोधपुछ तथा प्राविधिक विश्लेषण गर्दा मृतककै जेठाजु विरेन्द्र दासले आफ्नो भाई बुहारी बबितिया देवीसँगको अनैतिक सम्बन्धका कारण उनको हत्या गरेको कुरा पत्ता लागेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

आफूहरुबिचको अनैतिक सम्बन्ध बिस्तारै भाई तथा गाँउ समाजका मानिसहरुले थाहा पाउँछ कि भन्ने डर र बबितियको व्यवहार पनि परिवर्तन हुँदै गएकोले उनलाई मार्ने योजना बनाई भदौ २७ गते आफ्नो सालो शत्रुधन दास र काका नाता पर्ने उमेश दाससँग मिलेर बबितिया देवी सुतिरहेको अवस्थामा तिनै जना कोठाभित्र प्रवेश गरि शत्रुधन दासले खुट्टा तथा उमेश दासले हात समाति रहँदा बिरेन्द्र दासले डोरीले घाँटी कसेर हत्या गरेको कुरा प्रहरीलाई अनुसन्धानको क्रममा पत्ता लागेको थियो ।
सो घटनामा संलग्न रहेका धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–३ बस्ने मृतकको जेठाजु २४ वर्षीय बिरेन्द्र दास, सोही ठाउँ बस्ने मृतकको जेठाजुको आफ्नै काका १९ वर्षीय उमेश दास र वडा नम्बर–७ धवौली बस्ने मृतकको जेठाजुका १९ वर्षीय सालो शत्रुधन दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार बबितियाको अरुणसँग मागी विवाह भएको थियो । विवाहपश्चात अरुण वैदेशिक रोजगारमा गएका थिए ।
पक्राउ प्रतिवादीहरू उपर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यता आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार राति करिव १ बजेको समयमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–५ मखनाहा बस्ने रामसेवक खत्वे मण्डलको ४० वर्षीया पत्नी सिकिलिया देवी मण्डल आफ्नो घरको छतमा मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल अनुसन्धानका लागि खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा मृतकको २५ वर्षीय छोरा मनोज मण्डलले मादक पदार्थ सेवन गरी कुटपिट गरेर आमाको हत्या गरेको कुरा पत्ता लागेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।
पक्राउ परेका मनोजउपर ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दा शिर्षकमा म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए ।

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने २३ वर्षीय राजिव कुमार मण्डल रहेका छन् ।

२०७८ भदौ २६ गते बिहान २ बजेको समयमा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने रामअशिष मण्डलका छोरा सरोज कुमार मण्डललाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजिव कुमार मण्डलले धारिलो हतियार ९तरवार० ले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

सरोज उपचारको क्रममा रहेको बेला विपक्षीहरु उपर धनुषा जिल्ला अदालतमा फौज्दारी नं।०७८–सिआई ०१४३ को ज्यान मार्ने उद्योग मुद्दा चलिरहेको थियो । उक्त मुद्दा जिल्ला अदालतबाट २०७८ पुस १९ गते फैसला भएकोमा मुख्य प्रतिवादी राजिव मण्डलले घाइते सरोज मण्डलको उपचार खर्च ४ लाख ९२ हजार २५९, अनिल मण्डलको उपचार खर्च ६९ हजार ३०० र बजरंग प्रसाद राउतको उपचार खर्च ३ हजार १३० रुपैयाँ तिर्ने फैसला भएको थियो ।

ज्यान मार्ने उद्योग मुद्दालाई कुटपिटमा परिणत गरी पक्राउ प्रतिवादीहरु मनिष कुमार मण्डल र राजिव कुमार मण्डल कारागारबाट थुनामुक्त भएका थिए । सरोज उपचारकै क्रममा रहेको अवस्थामा २०७८ चैत २८ गते बिहान ९ बजेको समयमा उनको काठमाण्डौस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यू भएको थियो ।

छोराको मृत्युपश्चात सरोजका पिता रामनन्दन मण्डलले २०७९ बैशाख ४ गते प्रतिवादीहरुलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा आवश्यक कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता गरी फरार प्रतिवादीहरु मनिष कुमार मण्डल र राजिव कुमार मण्डललाई पक्राउ गर्न जिल्ला अदालतबाट बैशाख ५ गते पक्राउ अनुमति पाएका थिए ।

प्रतिवादीहरु मध्येका राजिव कुमार मण्डल २०७८ फागुन १३ गते बैदेशिक रोजगारीको शिलशिलामा कतार गईसकेका थिए ।

उनी कतारको स्नेहीया राईट साईड स्टेट नं४५ क्याम्पको कतार मास्टर कम्पनीमा काम गरिरहेको कुरा धनुषा प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाई उनलाई कतारबाट पक्राउ गरेर ल्याउन नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभाग, ईन्टरपोल शाखालाई पत्राचार गरेको थियो ।

राजिवलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलाश तथा पक्राउ गर्नका लागि ‘रेड कर्नर नोटिस’ जारी गरी उनलाई तालुक कार्यालयको समन्वयमा बिहीबार नेपाल ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here