निहारीका मुद्दामा डीएनए टेस्टको आदेश

0
218

भदौ ८ गत्ते,जनकपुरधाम ।

सर्वत्र चर्चाको बिसय बनेको निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले निहारिकाको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ।

बुधवार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले डीएनए टेस्टको लागि आदेश दिइएको हो। निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षण माग गर्दै आएकी थिइन्।

जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्। निहारिकाको लामो निरन्तरको संघर्ष पछि प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको थियो।

हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here