मधेसको राजधानी जनकपुरधाममा विप्लव बन्दको प्रभाव शून्य

0
18

भदौ ७ गत्ते,जनकपुरधाम ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा मंगलाबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव शून्य देखिएको छ ।
जनकपुरबाट लामो तथा छोटो दूरीका सवारी साधन पनि अन्य दिन जस्तै बिहानै देखी निर्वाध चलेको छ ।

विप्लवको यसअघि सरकारसँग भएको वार्ता र समझौता अनुसार कार्य न भएको भन्दै आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ ।

बन्दलाई ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले समर्थन जनाएको छ । जनकपुर लगायतका क्षेत्रमा बन्दको प्रभाव न देखिए पनि सडक र गाडीमा कुनै अवरोध हुन न दिन बिहानैदेखि चोकचोकमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरको प्रमुख चौकहरू जानकीचौक, जनक चौक, भानु चौक , रेल्वे स्टेशन , विद्यापति चौक , पुरानो बस पार्क लगायतका स्थानमा नेपाल प्रहरीको परिचालन अन्य दिनको तुलमा बढाईएको छ। मुख्यमंत्री कार्यालय, मिल्स एरिया लगायत आस पासको निषेधित क्षेत्रमा ससश्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाइएको छ भने सादा पोशाकका प्रहरी पनि ठाउँ ठाउँमा खटीएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here