मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै

0
10

भाद्र ७ गत्ते,काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज बिहान बस्दै छ। बिहान १० बजे बस्ने बैठकमा एउटा विधेयक पेस हुने सम्भावित कार्यसूची छ।

संघीय संसद् सचिवालयका अनुसार आाजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गर्नेछन्।

त्यसअघि उक्त विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जानकारी दिएको छ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका नेता तथा सांस प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको थियो। शोक प्रस्ताव पारित भएपछि सभामुख अग्नि सापकोटाले मंगलबार बिहान १० बजे अर्को बैठक बस्नेगरी सोमबारको बैठक स्थगित गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here