७७ वटै प्रजिअ र सुरक्षा प्रमुखलाई भर्चुअल बैठकमा बोलाए गृहमन्त्री लामिछाने

0
28

पुस १८ गत्ते,काठमाडौँ ।

उपप्रधान तथा गृमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरुहरुको संयुक्त बैठक बोलाएका छन् ।

मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले आज बिहान ९ बजेका लागि ७७ वटै प्रजिअ र जिल्ला सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सम्मिलित ‘भर्चुअल मिटिङ’ आह्वान गरेको हो ।

लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बनेका थिए । गृहको जिम्मेवारी सम्हाले लगत्तै लामिछानेले गृह प्रशासनबाट हुने कामकारबाहीलाई प्रभावकारी बनाउन आफू लागि पर्ने बताएका थिए । पदभार सम्हालेयता उनले सुरक्षा कार्यविधि विपरीत नेता तथा आसेपासेको अंगरक्षक, भान्से, चालक र अर्दली बनाएर खटाइएका प्रहरी र सशस्त्रका कर्मचारी फिर्ता गर्न निर्देशन दिएका थिए । त्यसयता दुवै सुरक्षा निकायले कार्यविधि विपरीत खटिएका करीब ३ सय सुरक्षाकर्मीलाई फिर्ता गरिसकेको छ । मन्त्री लामिछानेले मातहत सुरक्षा निकायका अधिकारीले पूर्व सहमति नलिई कूटनीतिक र राजनीतिक भेटघाट गर्न नपाउने गरी परिपत्र गरेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here