अर्बपति विनोद चौधरी विजयी

0
18

मंसिर ८ गत्ते,नवलपरासी।

नवलपरासी १ को प्रतिनिधिसभा तर्फ भएको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् । अर्बपति चौधरी २३ हजार ८६१ मत पाएर निर्वाचित भएका हुन् ।

बिहीबार सार्वजनिक भएको मत परिणाम अनुसार चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पाँच हजार ६४० मतान्तरले जितेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीकालागि १२ हजार ३४१ मत खसेको छ ।

प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले अग्रता लिएका थिए। ग्रामिण क्षेत्रमा ठकुरीले अग्रता लिएपनि नगरपालीकामा प्रवेश गर्नासाथ ठकुरी पछि परेका हुन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here