मंसिर ८ गत्ते,सर्लाही ।
सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।
उनी १६६८४ मतका निर्वाचित भएका हुन् । सत्ता गठबन्धनबाट कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्रकुमार साहलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । साहले १५३०३ मत पाए ।
कांग्रेस नेता सिंहलाई पार्टीले चुनाव हुनुभन्दा केही दिनअगाडि मात्र कारबाही गरेको थियो । त्यसपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।
सभापति शेरबहादुर देउवासँगको उनको सम्बन्ध पार्टीको महाधिवेशनबाट बिग्रिएको छ ।