छठ पर्वको आज मुख्य दिन सँझुका अर्घ

0
9

कातिक १३ गते,जनकपुरधाम ।

धार्मिक आस्था,श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको पर्वको रुपमा मनाइने छठ पर्वको आज मुख्य दिन सँझुका अर्घ रहेको छ।मिथिलाञ्चल लगायत तराई मधेशमा आज हर्सोल्लास पूर्वक छठपर्व मनाइँदै छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घदिन जनकपुरको पोखरी तलाउमा बनाइएको घाटमा विहनैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु पुग्न थालेका छन् । यस्तै ग्रामिण भेगहरुमा आज दिउँसो मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्ने छन् ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उँदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here