मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि शिवनगरलाई

0
11

कार्तिक १२ गत्ते,महोत्तरी।

महोतरीको गौशालामा आयोजित मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि शिवनगरले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक सामुदायिक विकास युवा क्लबलाई पराजित गर्दै शिवनगर विजयी भएको हो । आयोजक सामुदायिक विकास युवा क्लबलाई २–३ सेटको अन्तरले शिवनगरले पराति गरेको छ ।


बेस्ट ५ सेटको खेलको शुरुवातमा आयोजक सामुदायिक विकास युवा क्लब आक्रमक खेल प्रदर्शन गरेपनि अन्तिम दुई सेटको खेलामा शिवनगर हावी भएका थिए । विजेता शिवनगरलाई नगद ११ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्रमुख अतिथि पोषण थापा र विशिष्ट अतिथि प्रमोद महतोले संयुक्त रुपमा प्रदान गरेका थिए । उप विजेता सामुदायिक विकास युवा क्लबले नगद ५ हजार, शिल्ड, मेड र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा बेस्ट बलकर शिवनगरका बसन्त शर्मा, वेस्ट स्पाइकर सामुदायिक विकास युवा क्लबका अभिषेक चौधरी, वेस्ट लिफटर महेश चौधरी र वेस्ड डिफेन्डर अरुण चौधरी चुनिए । उनिहरु लाई नगद १ हजार रुपैया र मेडल प्रदान गरिएको थियो ।


गौशालाको कान्तिबजारमा सामुदायिक विकास युवा क्लबले लागुऔषध दुव्र्यसन विरुद्ध हाम्रो प्रहार नाराका साथ मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताका रेफ्रि रवि यादव, लक्ष्मण गौतम र अर्जुन सिंहलाई आयोजक क्लबले सम्मान गरेका थिए । शुक्रबार देखि सुरु भएको भलिबल प्रतियोगितामा महोतरीका ८ टिम सहभागि भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here