उम्मेदवारविरुद्ध उजुरी आज,२६ गते नाम फिर्ता लिन सकिने

0
11

आश्विन २४ गत्ते, जनकपुरधाम ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ ।

उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सि २६ गतेको समय दिइएको छ । पर्सि २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here