पाँचदलीय गठबन्धनको तर्फबाट धनुषा–३ मा अनिल झाको उम्मेदवारी दर्ता

0
120

आश्विन २३ गत्ते,जनकपुरधाम।

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा पाँचदलीय गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३(१)मा नेपाली कांग्रेसका रामसरोज यादव र ३ (२) मा लोसपाका धनुषा जिल्ला अध्यक्षसमेत रहेका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधि सभातर्फ झा यसअघिको निर्वाचन रौतहट–१ बाट विजयी भएका थिए । तर, यसपटक गठबन्धनभित्र रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालललाई दिने सहमति भएपछि नेता अनिल झा धनुषा–३ मा आएका हुन् ।

उम्मेदवारी दर्तापश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता झाले पाँचदलीय गठबन्धनले आफूलाई उम्मेदवार बनाएर पठाएकोले आफू धनुषा–३ मा आएको बताए । उनले धनुषा–३ यसअघि लोसपा नेपालले जितेको क्षेत्र रहेकोले पनि त्यसलाई निरन्तरता दिन आफूहरुको दाबी स्वभाविक रहेको जिकिर गरे ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here