मधेश प्रदेश प्रहरीलाई ८० वटा बुफर र संदेश मुलक जिंगल प्रदान

0
91

भदौ ३० गत्ते,जनकपुरधाम ।

मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले महिला तथा बालबालिकामाथि हुने गरेको हिंसा न्युन गर्न संदेश मुलक जिगंल सहित प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई ८० वटा बुफर प्रदान गरेको छ ।

महिला ,बालबालिका ,युवा तथा खेलकुद मन्त्रीवीरेन्द्रप्रसाद सिहंले प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई ८० वटा बुफर र संदेश मुलक जिंगल प्रदान गरेका हुन ।

बिहिवार एक कार्यक्रमको आयोजना गरि मन्त्री सिंहले मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक मसउद आलम खाँलाई उक्त बुफर र संदेश मुलक जिंगल प्रदान गरेका हुन ।

प्रदेशमा बढ्दो दहेज कुप्रथा ,बाल विवाह र महिला हिंसा विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुफर र संदेश मुलक जिंगल प्रदान गरिएको मन्त्री सिंहले बताए ।

मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक मसउद आलम खाँले उक्त बुफर तथा जिंगल ९ वटा ट्राफिक कार्यालय(प्रदेश ट्राफिक कार्यालय लगायत ८ वटै जिल्ला ट्राफिक कार्यालय),८ वटै जिल्ला प्रहरी कार्यालय,ईप्रका,प्रदेश स्तरीय सम्पूर्ण कार्यालय र नेपाल भारतको सिमानाका (बोर्डर)हरुमा प्रदान गरिने बताएका छन ।

YouTube player

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here