नेपाल भारत दशगजा क्षेत्रमा पुरुषको शव फेला

0
11

भदौ २९ गते,जनकपुरधाम ।

सप्तरीमा नेपाल भारतको दशगजा क्षेत्रमा एक पुरुषको शव फेला परेको छ ।

तिलाठी कोईलाडी गाउँपालिका १ भन्सार चौकदेखि रामपुर मल्हनिया जाने बाटोको दाहिने साईड कुनौली जाने दशगाजामा बुधवार बिहान करिब साढे ६ बजेको समयमा करिब ४०र४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पहाडी मुलको जस्तो देखिने पुरुष व्यक्ति घोप्टो मृतक अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरीले घट्नास्थलमा पुगेर लास जाँच मुचुल्का गरेको र मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here