भदौ २७ गत्ते,जनकपुरधाम ।
ब्लड फर नेपाल धनुषाद्वारा रामश्वरुप रामसागर बहुमुखी (रा रा ब ) क्याम्पसमा रक्तदान सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान सम्बन्धी जनचेतनामुलक कार्यक्रममा ब्लड फर नेपालले आवश्यक परेका विरामीलाई रगत उपलब्ध गराउने रक्त सञ्चारमा रगत को अवाभ हुदाँ रक्तदाता खोजी विरामी र रक्तदाताको समन्वय गराउने काम देखी रगत ब्यवस्थापन, नयाँ रक्तदाता उत्पादन गर्न ठाउँ ठाउँमा गएर रक्तदान सम्बन्धी जन चेतना फैलाउन रक्तदान सम्बन्धि समाजमा फैलिएको गलत कुरालाई हटाउने र युवाहरुलाई रक्दान तर्फ आकर्षित गर्ने कार्य निरन्तर ४ वर्ष देखी रक्तदान कार्यक्रम गराउँदै रगत ब्यवस्थापन गर्दै आएका ब्लड फर नेपाल धनुषाका सदस्य प्रभास रायले बताए ।
रगत के हो ? रक्तदान के हो ? सुरक्षित रक्तदान कसरी गर्ने ? रक्तदान कसले कुन समयमा गर्न सक्ने ? रक्तदान गर्दा हुने फाइदाहरु बताउँदै विद्यार्थीहरुलाई रक्तदान सम्बन्धी जानकारी गराएका थिए। एक जनाको रगत बाट ३ जना विरामीको ज्यान बचाउन सकिने महान कार्यमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरुलाई ब्लड फर नेपाल धनुषाका सदस्य श्याम साहले आग्रह गरे।
कार्यक्रममा उद्घोष गर्दै युवा देशको परिवर्तनको सम्बाहक भएको हुनाले देशमा रगत अभावको समस्या समाधान गर्ने हामी युवाको कर्तव्य भएको हुनाले १८ वर्ष देखी नै ३(३ महिनामा रक्तदान गरि रक्तदान जिवन दानमा सहभागी हुन , रगत ब्यवस्थापन मा सहयोग गर्न आग्रह गरेका थिए ।
ब्लड फर नेपाल धनुषा टीमद्वारा भएको जन चेतना मुलक कार्यक्रम मा रा. रा. ब क्याम्पसका प्रमुख प्रदिप साह , सहायक प्रमुख विनोद कर्ण , रामहृदय मंडल सहितको उपस्थिति मा ब्लड फर नेपाल धनुषाले सोमबार बिहान ८ बजे देखि ११ बजे सम्म गरेको उक्त कार्यक्रममा क्याम्पसका ७५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो।