भदौ २७ गत्ते,जनकपुरधाम ।
बच्चा चोरको आारोपमा सिरहामा कुटिएकी यौनिक अल्पसंख्यक दुईजनालाई न्याय दिलाइदिन तथा उनीहरुको अस्तित्वलाई समाजले सहर्ष स्विकार गरुन भन्ने उद्देश्यले सुनौलो बिहानी समाजले सबैसँग आग्रह गरेका छन ।
आईतबार लक्ष्मीपुर लहानमा आफ्नो दिदीसँग भेटेर फर्कने बेलामा एक्कासी केही व्यक्तिले यौनिक अल्पसंख्यक भएकै कारणले मुन्नी किन्नर र चन्दा किन्नरलाई बच्चा चोरको आरोपमा कुटपिट गरी घाइते बनाएको सुनौलो बिहानी समाजका संस्थापक अध्यक्ष प्रदिप यादबले गुनासो गरेका छन । यादबले समाजमा बाँच्न पाउने हक सबैलाई रहेको र आफुहरु पनि शान्तिपुर्वक बाँच्न खोजेपनि केही उच्छृखंल तत्वका कारण यस्ता समस्याहरुको सामना गर्नुपरेकोमा मुन्नी किन्नर र चन्दा किन्नरलाई न्याय दिलाइदिन समाजका सम्पूर्ण वर्गलाई आग्रह गरेका हुन ।
सोमबार जनकपुरधाममा एक छलफल कार्यक्रमको आयोजना गरी यादवले युवा परिवर्तनका सम्वाहक हुन र युवाले नै आफुहरुलाई समाजमा पहिचान दिलाउन सक्ने आशा व्यक्त गर्दै सरोकारवाला सम्पूर्ण सँग यौनिक तथा लैगिंक अल्पसंख्यकलााई राजनीतिमा पनि स्थान सुनिश्चितताका लिग सहयोग गर्न आग्रह गरे ।
नाम मात्रको समावेशी दल र निर्वाचन हुने गरेकोमा उपस्थित सम्पूर्णले यौनिक तथा लैगिंक अल्पसंख्यकहरुलाई राजनीतिमा आउन आग्रह गरे । महिला, बालबालिका तथा खेलकुद मन्त्रालयकी शाखा प्रमुख देवकुममारी खत्रीको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग,मधेश प्रदेश,ओरेक नेपाल,महिला मानव अधिकार रक्षक संजाल,युवा संजाल धनुषा,कायापलट सहितका प्रतिनिधिहरुको उपस्थितिमा निर्वाचन कार्यालयलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
गत स्थानीय तहको चुनावमा निर्वाचन आयोगले यौनिक तथा लैगिंक अल्पसंख्यकहरुले विशेष ग्राह्यताका साथ मतदानमा सहभागी गराएकोमा धन्यवाद दिदै आसन्न निर्वाचनमा पुनःत्यही साथ र सहयोग पाउने आशा अध्यक्ष यादवले व्यक्त गरे ।
![YouTube player](https://i.ytimg.com/vi/ydFqkbg8z2s/maxresdefault.jpg)