भदौ २१ गत्ते,जनकपुरधाम ।
नेपाली कांग्रेस धनुषा आसन्न निर्वाचनका लागि ४ वटै निर्वाचन क्षेत्रका लागि ११० जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । कांग्रेसको क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका ११० जनाको नाम सफारिस गरिएको हो ।
प्रतिनिधिसभाका लागि धनुषा क्षेत्र नं १ का लागि प्रत्यक्ष र समानुपातिक दुबै कोटामा पार्टीका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाको एकल नाम सिफारिस गरिएको छ ।
प्रदेशसभामा प्रत्यक्षतर्फ १ को ‘क’ का लागि संजय कुमार महतो, भोला पजियार र सुरेश यादवको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ रामसुक यादव, मनहरि श्रेष्ठ र सरिता ठाकुरको नाम सिफारिस गरिएको कांग्रेस क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति दिपनारायण यादवले जानकारी दिए ।
क्षेत्र नम्बर–१ को (ख) मा प्रदेशसभाको प्रत्यक्षमा लक्ष्मी नारायण मण्डल, श्याम लाल महतो र रामपल्टन साह तथा समानुपातिकतर्फ पुष्पलता लामा, मैथिल कर्ण र युसुफ राईनको नाम सिफारिस भएको क्षेत्रीय सभापति यादवले बताए ।
क्षेत्र नम्बर–२ का लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्यद्वय रामकृष्ण यादव र मुक्ता कुमारी यादवको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ पूर्व जिल्ला सभापति महेश शंकर गिरी, बसन्त कुमार गौतम, शिवधारी यादव, गणेश कुमार साह, विनोद महरान, रामकला यादव, रुपनारायण साफी, सिदेश्वर साफी, सितादेवी मण्डल र हसिमा खातुनलगायत १० जनाको नाम सिफारिस भएर आएको जिल्ला सचिव कन्हैया कर्णले जानकारी दिए ।
त्यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र २ को (क) मा राजेश्वर गोईत, दिनेश कुमार यादव, धर्मनाथ यादव र रामउदगार यादवको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ प्रेमचन्द्र झा, कुलदेव गोईत यादव, मनोहर ठाकुर, सुचितलाल मरिक, रामचन्द्र मण्डल, देवनारायण मण्डल, पुनम देवी, भारती कार्की, रेखा देवी महरान, रामसुन्दर महरा र अमृता चौधरीलगायत ११ जनाको नाम सिफारिस भएर आएको सचिव कर्णले बताए ।
क्षेत्र नम्बर–२ को (ख) मा प्रत्यक्षतर्फ राजदेव यादव, उत्तिम प्रसाद मण्डल, नविन कुमार गोहिवार, भूपनारायण यादव, भोला चौधरी, देवेन्द्र कुमार भरखेर, शिवशंकर गोइत, जगदिश चौधरी यादव र सत्यनारायण साहसहित ९ जनाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ राजकिशोर सिंह, अनिता यादव, लक्ष्मी नारायण यादव, विजय कुमार साह, सत्यदेव प्रसाद साह, अजिता कुमारी पासवान, तस्लिम राईन, लक्ष्मी महतो, सरिता देवी रोहिता, सुश्मा देवी महरा, सुनैना देवी रजक, जयप्रकाश ठाकुर, सत्यनारायण साह, विमली कुमारी र शत्रुहन यादवसहित १५ जनाको नाम सिफारिस भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ नेता गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस गरिएको छ । त्यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिको नाम सिफारिस भएको जिल्ला सचिव कर्णले जानकारी दिए ।
प्रदेशसभामा क्षेत्र नम्बर–३ को (क) मा प्रत्यक्षतर्फ मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सुनिल कुमार झा (मिन्टन) र चिंटी कुमारी महतोको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर–३ को (ख) मा नेपाली कांग्रेसको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ हरिशंकर साहको एकल नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रदिप कुमार चौधरी र किरण कुमारी झाको नाम सिफारिस भएर आएको सचिव कर्णले बताए ।
उता, धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसको क्षेत्रीय भेलाले प्रतिनिधिसभातर्फ पार्टीका सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य डा.चन्द्रमोहन यादवको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ जिल्ला सभापति योगेन्द्र पजियार र महाधिवेशन प्रतिनिधि तुलसा आचार्यको नाम सिफारिस भएको क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति कुमरकान्त झाले जानकारी दिए ।
त्यस्तै, प्रदेशसभामा क्षेत्र नम्बर–४ को (क) का लागि प्रत्यक्षतर्फ कोमलकान्त झा, योगनारायण यादव, विक्रम यादव र शिवशंकर यादवसहित ४ जनाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कुमरकान्त झा, बुलन यादव, इन्दु यादव, महेन्द्र यादव, महेन्द्र साह, मो. इब्राहिम राईनलगायत २१ जनाको नाम सिफारिस भएको क्षेत्रीय सभापति झाले बताए ।
प्रदेशसभामा क्षेत्र नम्बर–४ को (ख) का लागि जिल्ला कोषाध्यक्ष राजलाल महतो र रामकुमार भण्डारीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ बासुलाल महतो, राजकुमार महतो, गुदर यादव, निर्मला कोइराला, भावना ढुंगेल र प्रमिला देवी कुशवाहासहित ६ जनाको नाम सिफारिस भएर आएको उनले बताए ।