गुइठा विस्थापन कार्यक्रम अन्तर्गत सर्लाहीमा ८ सय ६५ जनालाई ग्यास चुल्हा सेट वितरण

0
60

भदौ १८ गत्ते,सर्लाही ।

सर्लाहीमा गुइठा विस्थापन कार्यक्रम अन्तर्गत ग्यास चुल्हा सेट वितरण गरिएको छ ।

जिल्लाको बँसवरीया गाउँपालिका वडा नं.३ भवानीपुरमा ८ सय ६५ जना स्थानियलाई ग्यास चुल्हा सेट वितरण गरिएको हो ।

मधेश प्रदेश सरकार महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय जनकपुरधामको आयोजनामा मधेश प्रदेश सरकार महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहले ग्यास चुल्हा सेट वितरण गर्नुभएको छ ।

गुइठा विस्थापन कार्यक्रम अन्तर्गत विपन्न नागरिकहरुलाई लक्षित गरी ग्यास चुल्हा सेट वितरण गरिएको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहले बताउनुभयो ।

मन्त्री सिंहले कार्यक्रमलाई सम्बोधन गर्नु हुदै महिलाहरुलाई घरायसी चुल्हो बाट खाना पकाउन निकै नै समस्या हुने गरेको बताउनुभयो । उँहाले महिलाहरुलाई खाना पकाउने समयमा धुँवा बाट प्रतिकुल असर पर्ने भएको हुँदा भवानीपुर वासीहरुलाई गुइठा विस्थापन कार्यक्रम अन्तर्गत शनिवार ग्यास चुल्हा सेट वितरण गरिएको मन्त्री सिंहले बताउनुभयो ।

मन्त्री सिंहले महिला तथा बेरोजगार अन्य व्यक्तिहरुको लागि आफुले मैनवती, अगरवती लगायत विभिन्न किसिमको सिप मुलक तालिम ल्याइ निःशुल्क रुपमा सिकाइ दक्ष बनाएर रोजगारी सिर्जना गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

आफुले क्रमशः अन्य पालिका तथा वडाहरुमा ग्यास चुल्हा सेट वितरण गर्ने बताउनुभयो ।

YouTube player

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here