मोटरमा करेन्ट लागेर एकजनाको मृत्यु

0
9

साउन २२ गते,सप्तरी ।

सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आइतबार रुपनी गाउँपालिका ५ घुरगाम टोल बस्ने उपेन्द्र रामको श्रीमती ५१ वर्षीया पानो देवि रामको मृत्यु भएको हो ।

पानोलाई आफ्नै धान खेतमा पानी पटाउने मोटरको तार जोडने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here