महोत्तरी ३ (१) र (२) दुवैमा लोसपाका शर्मा र तिवारी पुनः निर्वाचित

0
13

मंसिर ८ गत्ते, महोत्तरी ।

महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ को (१) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अभिराम शर्मा र(२) मा रानी कुमारी तिवारी निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र नम्वर ३ (१) र (२) मा निर्वाचित लोसपा नेता शर्मा र तिवारी यस अघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। महोत्तरीमा लोसपा नेपालको विजयी पहिलो हो।

लोसपा नेता शर्मा आफ्ना निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका दिपेन्द्र झालाई १७४ फरक मतले निर्वाचित भएकी छिन। शर्माले ९ हजार ८९२ मत प्राप्ता गर्दा झाले ९ हजार ७१८ मत ल्याएका छन्।

यसैगरी, निर्वाचन क्षेत्र नम्वर ३ (२) मा लोसपा नेता तिवारीले ६ हजार ४१४ मत ल्याएर निर्वाचित भएको छ। तिवारीका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले ५ हजार ४८९ मत ल्याएका छन्, भने एमाले उम्मेदवार राम दयाल मण्डलले ४ हजार ५६० मत प्राप्त गरेको छ। तिवारी आफ्नो निकटतम प्रतिस्पर्धी सँग ९२५ मतको मतान्तरले निर्वाचित भएको हुन।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here