छठको दिन कायापलटको प्लास्टिक म्यान क्याम्पेन

0
30

कार्तिक १४ गत्ते,जनकपुरधाम ।

जनकपुरधाममा छठको दिन श्रदालु भक्तजनहरूको भिडमा प्लास्टिकको प्रयोग गर्न नहुने सन्देश सहित रोकको लागि पहल गर्न सडक प्रदर्शन गरिएको हो ।

बढ्दो प्लास्टिकको प्रयोग र फोहरको रोकथाम गर्न तथा समुदायमा सचेतना जगाउन सेभ द चिल्ड्रेन, डब्लु डब्लु एफ नेपाल र सिफ्टको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । सडक प्रदर्शन राम चौक, धनुष सागर, गंगासागर, शिव चौक, जानकि मन्दिर हुदै जानकि चौकमा समापन गरिएको थियो ।

सडक प्रदर्शनमा पर्यावरण अभियानताहरुले स्थानीय तथा व्यपारीलाई प्लास्टिक बारे बुझाएका थिए भने उनिहरुले स्वच्छ वातावरण तथा जलवायु परिवर्तन रोक्न वृक्षारोपण गर्न सुझाएका थिए । अभियान्ताहरुले हुन्छ समाज सुन्दर प्लास्टिकको प्रयोग नगरे , प्लास्टिकको प्रयोग नगरौँ, स्वच्छ वातावरण निर्माण गरौँ, वातावरण जोगाऔं, भविष्य बचाऔंू जस्ता नारा लगाएका थिए ।

कायापलटका संस्थापक दिवाकर उप्रेती अनुसार सामाजिक चेतनाको विकास गर्दै मानिसलाई पर्यावरण संरक्षण गर्न बुझाउन पर्ने बताए । उनले भने, प्लास्टिक म्यान क्याम्पेन लगायत अन्य अभियान पनि नियमित रूपमा संचालन गर्दै छौँ ।

त्यस्तै कायापलटका अध्यक्ष कैयुम राईनले जलवायु परिवर्तन रोक्न लाई युवा तथा किसोर किसोरीलाई सचेत बनाउन पर्ने बताए । उनले पर्वको बेला आयोजना गर्दा अभियानको प्रभाव पर्ने भएकाले हरेक पर्वमा कार्यक्रम नियमित आयोजना गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here