साउन ३१ गते,बारा ।
स्कुलबसबाट किचिएर एक २ वर्षका बालकको मृत्यु भएको छ ।
बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा मंगलवार स्कुल बसले किचेर स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुषको मृत्यु भएको हो ।
उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडीको चक्काले किचेको थियो।