मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

0
6

माघ ३गत्ते,जनकपुरधाम ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार संसद बाट विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री बन्दा यादवको पक्षमा नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका थिए ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाए ।

यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ । मधेस प्रदेशमा १० मन्त्रालय छन् । मुख्यमन्त्री यादवलाई कांग्रेसका २२ जना सांसदले पनि विश्वासको मत दिने भएका छन् ।

यसलाई आधार मान्ने हो भने १०७ सदस्यीय प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीका ७ जनामात्र प्रतिपक्षमा हुनेछन् र ९४ जनाको समर्थन उनलाई रहने छ ।

यसअघि मुख्यमन्त्री यादवले आजै नेपाली कांग्रेससँग विश्वासको मत मागेका थिए । मुख्यमन्त्री यादवले कांग्रेसका प्रदेश अध्यक्ष एवम् संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here