माघ ३ गत्ते,जनकपुरधाम ।
मधेस प्रदेशको सभामुखमा एमालेका सांसद रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मण्डललाई सत्ता गठबन्धनका ८ दलको समर्थन छ। उनलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सांसदले पनि उनलाई मत हालेका थिए ।
धनुषा क्षेत्र नं। १ को २ बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचित मण्डल ७४ मत पाएर सभामुखमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जंगीलाल रायले २९ मत पाए । रायलाई कांग्रेस र नेकपा (एस) का सांसदहरुले मत दिए।
१ सय ७ जना सांसद रहेको मधेस प्रदेशसभाको मंगलबारको बैठकमा १ सय ३ जना सांसदको उपस्थिति थियो । सभामुखमा एमालेका मण्डललाई निर्वाचित गर्न माओवादी९केन्द्र०का संसदीय दलका नेता भरतप्रसाद साहले प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा एमालेका संसदिय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव र जसपाका सांसद रामआशिष यादवले समर्थन जनाएका थिए ।
यस्तै, कांग्रेसका सांसद जंगीलाल रायलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद कुमरकान्त झाले प्रदेशसभाको बैठकमा पेस गरेका थिए भने कांग्रेस सांसद जिवछीकुमारी यादवले समर्थन जनाएकी थिइन् ।