पत्रकार पौडेलको शव बुझे परिवारले

0
27

माघ ३ गत्ते,कास्की ।
पोखरामा भएको यति एयलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शव परिवारले बुझेका छन्। मङ्गलबार बिहान अस्पतालले उनको शव परिवारलाई बुझाएको हो।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको शव केहीबेर अगाडि घर लगिएको छ।
घरमा आधा घण्टादेखि पौने घण्टासम्म शव राखेर श्रद्धाञ्जलिका लागि पत्रकार महासङ्घ कास्कीमा ल्याइने सचिव माधव बरालले जानकारी दिए।

पर्वत घर भएका पौडेलको परिवार पोखराको फुलबारीमा बस्दै आएका छन्।
झन्डै दुई दशकदेखी पत्रकारितामा आबद्ध उनी पोखराबाट प्रकाशित हटलाइन दैनिकको सम्पादक थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here