पोखरा विमान दुर्घटनाःशव काठमाडौं पठाइँदै

0
2

माघ ३ गत्ते,कास्की ।

यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ शवको पोखरामा पोस्टमार्टम हुने भएको छ ।

२४ जना शवको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।

सदाकत अलि मिया, त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धि पौडेल, जीवनकला गुरुङ, डा। गणेश थापा, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ, शिवकुमार गुरुङको शवको पोखरामा पोस्टमार्टम हुने भएको छ ।

बाँकी ४६ जनाको शव आज बिहान काठमाण्डौ पठाउने तयारी छ। काठमाण्डौमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको छ । अहिले बिहान हेलिक्टरमार्फत् शव काठमाण्डौ लगिने शाहीले बताउनु भयो । पोखरामा रहेका शवहरु केहीको पोस्टमार्टम गरेर आफन्तलाई बुझाएको उहाँले बताउनु भयो । अहिले पनि पोस्टमार्टमको काम भइरहेको छ ।

बाँकी दुई जनाको शव ड्रोनको समेत प्रयोग गरेर आज बिहानदेखि नै खोजी भइरहेको उहाँले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here