मधेस प्रदेशमा आज सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने

0
3

माघ ३ गत्ते,जनकपुरधाम ।

। मधेस प्रदेशमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगलबारका लागि तय गरिएको छ ।

आइतबार पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले सोमबारका लागि तोकिएका कार्यक्रम स्थगित गरी मंगलबारका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यसअघि सोमबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो ।

सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि मंगलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायले उम्मेदवारी दर्ता गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here