भाइचारा र संस्कृतिलाई जोगाउन विगत १२ वर्षदेखि खिचडी भोज

0
14

माघ १ गत्ते,जनकपुरधाम ।

माघे संक्रान्तिको अवसरमा आइतबार जनकपुरधाममा खिचडी भोजको आयोजना गरिएको छ ।

जानकी चोकस्थित अंगराज सरको डिलमा यस वर्ष पनि खिचडी भोजको आयोजना गरिएको हो ।

जानकी चोकका युवाहरुको आयोजनामा खिचडी भोजको आयोजना गरिंदै आएको युवा अगुवा सुशील कर्णले जानकारी दिए । भाइचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १२ वर्षदेखि यस भोजको आयोजन हुँदै आएको कर्णले बताए ।

 

यो भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेको बताउँदै यसको निरन्तरता दिनुपर्ने आवश्यकता रहेको स्थानीय विरेन्द्र कर्णले बताए । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी ,चिकित्सकतथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here