माघ १ गत्ते,काठमाडौं ।
गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको विमान दुर्घटनास्थलमा भिडभाड बढेर उद्धार कार्य प्रभावित होला भनेर आफूहरु दुर्घटनास्थलको स्थलगत भ्रमणमा नजाने निर्णय लिइएको बताएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० र उपप्रधान एवम् गृहमन्त्री लामिछानेसहितले दुर्घटनास्थलको स्थलगत अवलोकन गर्ने भनेर जानकारी गराइएको थियो।
तर पछि दुर्घटनास्थलमा जाँदा भिडभाड बढ्ने र उद्धार कार्य प्रभावित होला भनेर आफूहरुले नजाने निर्णय गरेको गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन्।
दुर्घटनापछिको खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरु परिचालन गरिएको गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन्। दुर्घटनास्थलबाट केही शवहरु निकालिएको र थप उद्धार कार्य जारी रहेको उनको भनाइ छ।
‘यस अवस्थामा म र सम्माननीय प्रधानमन्त्री ज्यू त्यहाँ पुग्दा उद्धार कार्य झन प्रभावित होला भनेर हामीले अहिले तत्कालका लागि त्यहाँ नजाने निर्णय गरेका छौँ। काठमाडौंबाट लिनुपर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरी जुटिरहेका छौँ,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले जनाएका छन्।