ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

0
13

पुस ३० गते,सर्लाही ।

सर्लाहीमा रोकेर राखेको उखु बोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार राति बागमती नगरपालिका–२, धरहरामा रोकिराखेको ना ५ ख ७५६४ नम्वरको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोडैता नगरपालिका–४ का ३२ वर्षीय विश्वजित हजराको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

हजराले चलाएको बागमती प्रदेश ०३–००४ प १५९२ नम्वरको मोटरसाइकल ट्रकमा गएर ठोक्किँदा घटनास्थलमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

इन्दुशङ्कर चिनी उद्योग हरिवनतर्फ उखु लिएर आउँदै गरेको ट्रकको टायर पम्चर भएपछि रोकेर राखिएको थियो ।

दुर्घटनामा संलग्न ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here