मधेश प्रदेशसभाको सभामुखका लागि राय र मण्डलको उम्मेदवारी

0
7

पुस ३० गते,जनकपुरधाम ।

मधेश प्रदेशको प्रदेशसभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

शनिबार सभामुखका लागि नेकपा एमालेबाट प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन ।

धनुषा १(ख) बाट निर्वाचित मण्डल सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् भने कांग्रेसका उम्मेदवार राय सर्लाही २(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका संसदिय दलको नेता भरत साह, जनमतको संसदिय दलको नेता महेश यादव, लोसपाकी रानीशर्मा तिवारी लगायतका रहेका छन ।

यस्तै कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र जिवछी देवी यादव रहेका छन ।

माघ २ मा सभामुख पदका लागि निर्वाचन हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here