मधेशका मुख्यमन्त्री यादवलाई निधिको बधाई

0
23

पुस २७ गते,जनकपुरधाम ।

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।

मुख्यमन्त्री यादवलाई संघिय सांसद एवम् पुर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएका छन ।
सांसद निधिले मुख्यमन्त्री यादवलाई फोन गरेर शुभकामना व्यक्त गर्नुभयो ।

मधेश प्रदेश सभाको १०७ मध्ये ६३ सांसदको हस्ताक्षरसहितको दावी गरेका उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेका हुन् ।मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।

निवर्तमान सभामुख समेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेश सांसदको दावी पेश गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here