ग्लोबल आईएमई र बैंक ऑफ काठमाण्डुको एकीकृत कारोबार सुरु

0
121

पुस २६ गत्ते,जनकपुरधाम।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ ।

कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो । पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब, कूल निक्षेप ४०८ अर्ब, कूल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंकको कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको आधारमा नेपालको सबै भन्दा ठूलो बैंक बन्ने बैंकका जनकपुरधामका भानु चौकका शाखा प्रबन्धक सन्जय मिश्रले जानकारी दिए ।

दुई बैंकको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाख भन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।

हाल जनकपुरधाममा रहेका दुबै शाखाबाट सेवा सुचारुहुने जानकरी शाखा प्रबन्धक मिश्रले गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here