सईको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्दै गृहमन्त्री लामिछानेले हटाए अगुवा–पछुवा गाडी

0
4

पुस २३ गत्ते,काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने गरेका अगुवा–पछुवा गाडी हटाएको घोषणा गरेका छन्। उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्।

गृहमन्त्री लामिछानेले आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकका अपेक्षा पूरा नहुने बताउँदै सुरक्षा टोली हटाएको स्पष्ट पारेका छन्।

यसअघि गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा टोली हुने गथ्र्यो। त्यसलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई)को नेतृत्वमा सुरक्षाकर्मी राखेका छन् ।

‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा–पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु,’ उनले फेसबुकमा लेखेका छन्।

यद्यपि, भैपरी आउँदा भने आफूले सुरक्षा टोली लिने उनले जनाएका छन्।सो अवसरमा गृहमन्त्री लामिछानेले साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आफू आलोचक भएको बताएका छन्। उनले आकस्मिक अवस्थाबाहेक आफूबाट त्यस्तो गतिविधि नहुने स्पष्ट पारेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here