पुस २२ गते,जनकपुरधाम।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि आज बैठक बोलाएको छ ।
आज बिहान साढे ११ बजे जनकपुरधाममा बस्ने संसदीय दलको बैठकबाट नेता चयन गर्ने तयारी भइरहेको छ ।
सर्वसम्मत नेता चयन गर्ने, सहमति नभएमा मात्रै निर्वाचन प्रक्रियामा जाने लोसपाको तयारी छ ।
लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सम्भावित व्यक्ति हुन् । यसअघि पनि उनी नै संसदीय दलका नेता रहेकाले फेरि उनको नाममा सहमति हुने सम्भावना रहेको छ ।
लोसपाको प्रदेशसभामा ९ जना सांसद छन् ।